पोखरामा रामचन्द्र सुवेदी लागूऔषधसहित पक्राउ
पाेखरा | माघ ४, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित रामचन्द्र सुवेदीलाई पक्राउ गरेको छ ।
पोखराको आलुमाईलाचोकमा लागूऔषधको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले कास्कीको माछापुच्छ«े गाउँपालिका–८ घर भई पोखरा २५ बस्ने २७ वर्षीय सुवेदीलाई बुधबार लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले सुवदीको कोठाबाट बरामद गरेको लागूऔषध । फोटो कास्की प्रहरी
आलुमाईलाचोकमा चेकजाँच गर्ने क्रममा सुवदीले चलाई ल्याएको ग १३ प ४१५४ नम्बरका स्कुटर रोकी चेकजाँच गर्दा स्कुरमा लुकाई छिपाई राखेको टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको ४ सय चक्की लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गर्दै जाँदा सुवेदीले कोठामा लुकाई राखेको २ वटा कार्टुन र १ वटा जेब्रा झोलामा लुकाई राखेको े टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको १७ हजार ७ सय ८० चक्की, रामकृष्ण टोलस्थित कोठामा राखेको २ सय चक्की टेपेन्डोल र ट्रामोल पचास एमजी लेखिएको ४६० चक्की गरी १८ हजार ८ सय ४० चक्की लागूऔषध बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

